बागमती प्रदेशको स्वास्थ्य सचिव बनिन् डा. सुमित्रा गौतम

800
Shares

काठमाडौँ, ११ पुस । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव पदमा डा. सुमित्रा गौतम नियुक्त भएकी छन् । बिहीबार (आज) बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रसूति तथा स्त्री रोग विशेषज्ञ समेत रहेकी डा. गौतमलाई स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

‘आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्‍यो, भोलि मन्त्रालयमा पदवहालीको लागि कार्यक्रम बनिसकेको छ,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो ।

यसअघि संघीय सरकारको ५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले एघारौँ तहकी कन्सल्ट्यान्ट डा. गौतमलाई बागमती प्रदेश मुख्यमन्त्री वा मन्त्रिपरिषद्को कार्यलय वा अन्तर्गत रहेन गरी सरुवा गरेको थियो ।

संघ अन्तर्गतकी डा गौतम त्यसअघि भक्तपुर अस्पतालको निर्देशक थिईन ।

प्रदेशमा सरुवा हुनासाथ उनी नै सचिव बन्ने अडकल काटिएको थियो । यद्धपी सचिवका लागि प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने भएकोले आज सो निर्णय भएको स्रोतले बतायो ।

त्यसो त बागमतीको सचिवका लागि प्रदेश अन्तर्गतका एघारौँ तहका डा अर्जुन सापकोटा, डा नरेन्द्रकुमार झा, डा बसन्त अधिकारी र दिपक तिवारीको पनि चर्चा भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *