भक्तपुर क्यान्सर अस्पतालको विज्ञ सदस्यमा डा. प्रसिको नियुक्त

528
Shares
– डा. गिसुप निख प्रसिको

काठमाडौँ, ८ पुस । भक्तपुर क्यान्सर अस्पतालको विज्ञ सदस्यमा डा. गिसुप निख प्रसिको नियुक्त मनोनित भएका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत ३ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै बरिष्ठ रेडियसन अंकोलोजिष्ट डा प्रसिकोलाई विज्ञसदस्यमा मनोनित गरेका हुन् । यसअघि विज्ञ सदस्यको रुपमा डा. गणेश दंगाल थिए ।

विज्ञ सदस्यको पदावधि चार वर्षको रहेको छ ।

यसैगरी मन्त्री पौडेलले सो अस्पतालको अध्यक्षको जिम्मेवारी अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहले नै सम्हाले गरी तोकेका छन् ।

यसअघि अध्यक्ष रहेका डा. सिंहको चारवर्षे पदावधी सकिएपछि गत ३ पुसमै मन्त्रीस्तरीय निर्णय गर्दै उनको पदावधि थप गर्ने निर्णय गरेका हुन् ।

‘अध्यक्षमा डा सिंहलाई अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै जिम्मेवारी दिईएको छ । विज्ञ सदस्यमा डा प्रसिकोलाई मनोनित गरेको पत्र प्राप्त गरेका छौँ,’ अस्पताल निर्देशक डा. उज्वल चालिसेले भने ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *