सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने

124
Shares

काठमाडौँ, ३० मंसिर । सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ ।

यही मार्च २१ र २२ अर्थात् चैत ८ र ९ गते हुने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता रहनेछ ।

सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा. विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने जानकारी दिए ।

विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने आयोजकले जनाएको छ ।

दुई दिन चल्ने सम्मेलनमा स्तन क्यान्सर, फोक्सो क्यान्सर, स्त्रीरोग क्यान्सर, रगत क्यान्सरलगायत विभिन्न क्यान्सरका विषयमा बहस हुनेछ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *