फर्मासिस्टको लाईसेन्स परीक्षामा ३९ प्रतिशत उत्तीर्ण (नतिजा सहित)
काठमाडौँ, १५ मंसिर । नेपाल फार्मेसी परिषद्ले आज सञ्चालन गरेको फर्मासिस्टहरुको २६ औँ नाम दर्ता (लाईसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परिषद्का अनुसार परीक्षामा ३९.२८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेका अनुसार यसपटक लाईसेन्स परीक्षामा १ हजार १६५ जना सहभागी थिए । त्यसमध्ये ४५७ (३९.२८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
सानो भर्याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रहेको परीक्षा केन्द्रमा परिषद्ले विहान साढे १० बजे देखि दिउसो १ बजेसम्म पहिलो सत्र र दिउसो साढे २ बजे देखि अपरान्ह ५ बजेसम्म दोस्रो सत्र गरी दुई सत्रमा परीक्षा सञ्चालन गरेको थियो ।
रजिष्ट्रार पाण्डेले यसपटक बी फार्मा अर्थात फार्मासिस्टको परीक्षा सञ्चालन भएको भन्दै आगामी शनिबार फार्मेसी असिस्टेन्टको लाईसेन्स परीक्षा सञ्चालन गरिने जानकारी दिए ।
उत्तीर्ण परीक्षार्थीको सिम्वोल नम्बर
सम्पर्क इमेल : [email protected]