७७ औँ विश्व स्वास्थ्य सभामा भाग लिन जेनेभा जाँदै स्वास्थ्य मन्त्री यादव

520
Shares

काठमाडौँ, ७ जेठ ।  स्वास्थ्य मन्त्री प्रदीप यादव आगामी आइतबार स्वीजरल्याण्डको जेनेभा जाँदैछन् । गत साता मात्रै स्वास्थ्य मन्त्रीमा नियुक्त भएका यादव विश्व स्वास्थ्य संगठनको ७७ औँ सभामा भाग लिन जेनेभा जान लागेका हुन् ।

उनीसंगै यसपटक चार जनाको सरकारी टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्री यादवसंगै जेनेभा जाने टोलीमा उनका प्रमुख सल्लाहकार अवधेशकुमार दास, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगिता कौशल मिश्रा, स्वास्थ्य मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा चुमनलाल दास रहेका छन् ।

‘शनिबार राती एयरपोर्ट पुगिन्छ तर उड्दा त आइतबार नै हुन्छ । आइतबार विहानै त्यसतर्फ जाने कार्यक्रम छ । सोमबारबाट सुरु हुने सभामा सोही दिन स्वास्थ्य मन्त्री यादवले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछिका उच्चस्तरीय साइडलाइन बैठकहरुमा पनि मन्त्री ज्यूको सहभागिता हुनेछ,’ डा. दासले भने ।

यहि मे २७ तारिख अर्थात आगामी सोमबारबाट सुरु हुने ७७ औँ विश्व स्वास्थ्य सभा जुन १ तारिखसम्म चल्नेछ ।

बार्षिक रुपमा हुने यो सभामा स्वास्थ्य मन्त्रीहरुले नेतृत्व गर्दै भाग लिन जाने चलन छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *