नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार

48
Shares

दमौली, ३१ बैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार भएको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गरिएको हो ।

विगतमा गर्भवतीलाई मात्रै भिडियो एक्सरे सेवा दिने गरिएकामा अब सबैका लागि खुला गरिएको अस्पतालका मेडिकल अधिकृत डा विज्ञान क्षेत्रीले जानकारी दिए ।

राइपुरमै भिडियो एक्सरे सेवा विस्तार भएपछि सर्वसाधारणलाई सहज हुने भएको छ । भिडियो एक्सरे सेवाका लागि नगरपालिकाको केन्द्र दुलेगौँडा बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए।

अस्पतालले गर्भवती सेवा, खोप सेवा, गर्भपतन सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा प्रदान गर्दै आइरहेको छ ।

गत फागुनदेखि अस्पतालले इसिजी सेवा सुरु गरेको छ । मेडिकल अधिकृत डा क्षेत्रीका अनुसार अस्पतालमा सेवा थप गर्ने काम भइरहेको छ ।

समुदायस्तरबाट सञ्चालित उक्त अस्पताल विसं २०७५ भदौमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसयता नगरपालिकाको स्वामित्वमा अस्पताल सञ्चालनमा छ ।

विसं २०७४ साल असोज २७ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त अस्पताललाई सरकार मातहतमा ल्याउने निर्णय गरेको थियो ।

अस्पतालको स्वामित्वमा आठ रोपनी १२ आना जग्गा, दुई वटा भवन छ । उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा विरुवा गाउँपालिकाका सर्वसाधारणलाई सेवा दिँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *