नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबार हुने

काठमाडौँ ३० बैशाख । नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण सोमबार हुने भएको छ । स्वस्थ नेपाल निर्माणको अग्रसरता सरकार, समुदायिक र निजी क्षेत्र सबैको सहभागिता भन्ने मुल नारा सहित स्वास्थ्य सम्मेलन हुन लागेको हो ।

सञ्चारकर्मीहरुको समूह त्रिकाल प्रोडक्सनको आयोजनामा हुने सो सम्मेलनमा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपालको साथमा स्वास्थ्य पत्रकार मञ्च नेपाल, कान्तिपुर मिडिया ग्रुपको सहकार्य तथा स्वास्थ्य तथा गैह्रस्वास्थ्य निकायहरुको आवद्धता हुने बताइएको छ ।

सम्मेलनमा मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृश्य र पर्यटनको अवसर, जलवायु परिवर्तनका कारण दबाबमा जनस्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रमः चुनौती र अवसर, नसर्ने रोगका जोखिम विरुद्ध हाम्रो रणनीति, बहसमा नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य व्यवसाय वा सेवा ? सहितका विषयमा छलफल हुने त्रिकाल प्रोडक्सनका अध्यक्ष सुभास घोसले जानकारी दिए।

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *