गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनिन् सीता सुन्दास

पोखरा, २४ बैशाख । सीता सुन्दास गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेकी छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गर्दा सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनाएका हुन् । सुन्दास गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट स्याङ्जा क्षेत्र नं १ क बाट निर्वाचित सांसद हुन् ।

उनी अघिल्लो पटक अधिकारी मुख्यमन्त्री बन्दा अर्थ मन्त्री बनेकी थिईन ।

मुख्य मन्त्री अधिकारीले आइतबार विश्वासको मत पाएपछि आज मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मुख्य मन्त्री अधिकारीले आज सुन्दास सहित एमालेबाट वेदबहादुर गुरुङलाई ऊर्जा, जलस्रोत तथा खानेपानी नियुक्त गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन चैत २५ गते माओवादीका हरिबहादुर चुमान र मनाङबाट स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे)लाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । वैशाख ८ गते मनाङेलाई भौतिक पूर्वाधार र चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *