गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप

चितवन, २२ वैशाख । अत्यधिक गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।

भरतपुर अस्पतालमा विगतमा तीन दिनमा दुई हजार जना विरामी पुग्ने गरेकोमा अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म विरामी पुग्ने गरेका छन् ।

अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाकाअनुसार एक हप्तादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए ।

अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थिति आउन थालेको उनको भनाई छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले भोलि आइतवारदेखि टिकट काउन्टर थप गर्न लागेको उनले बताए ।

नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखाला लगायतका बढी मात्रामा छन् ।

उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो ।

उनले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह गरे । अहिले भरतपुर अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *