साढे १४ लाख बढी बालबालिकालाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन दिईंदै

 

काठमाडौँ, ३ बैशाख । सरकारले चालु आर्थिक बर्ष भित्र थप अर्को खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी जेठ असार भित्र यसअघि छुटेका साढे १४ लाख बढी बालबालिकाहरुलाई इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको हो ।

नेपालले सुईबाट दिने पोलियोविरुद्धको खोप (आईपीभी) सन् २०१४ मै सुरु गरे पनि सन् २०१६ देखि सन् २०१८ को मध्यसम्म विश्वव्यापी अभावका कारण रोकिएको थियो ।

‘यसपटकको अभियानमा २०७३ बैशाख देखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार बालबालिकाहरुलाई खोप दिईने छ,’ परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा अभियान गौतमले भने ।

उनले यो खोप अभियान पनि विद्यालय केन्द्रीत हुने बताए ।

‘साढे ४ बर्ष देखि सात वर्ष उमेर समूहका बालबालिकाहरु यो खोप अभियानमा सामेल हुनेछन् । त्यसैले खोप कार्यक्रम विद्यालय केन्द्रीत हुनेछ । विद्यालयमा नआउने बालबालिकाहरुका लागि स्थानीय स्वास्थ्य संस्थाबाट खोजी खोजी खोप दिईने छ,’ डा. गौतमलले भने ।

उनले खोप केही सातामै खोप आउने भन्दै त्यसअघि नै अभियानबारे प्रदेशगत रुपमा तयारी बैठकहरु गर्ने काममा आफूहरु खटिएको बताए । ‘हामीले अहिले अहिले प्रदेशगत रुपमा अभियानको तयारी सम्वन्धी बैठक गरिरहेका छौँ । तीन चारवटामा सकिईसक्यो अब केही प्रदेशहरु बाँकी छ,’ उनले भने ।

के हो आइपीभी ?

सरकारले सन् २०१४ बाट ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)को सयोगमा आइपीभी सुरु गरेको थियो । तर अन्तराष्ट्रिय बजारमै खोपको अभाव भएको भन्दै पठाउन छाडेपछि यो खोप सन् २०१६ देखि नै बन्द भएको थियो ।

बालबालिकाको उमेर १४ हप्ताको भएपछि उनीहरुलाई यो खोप लगाउने सकिने बताइएको छ । त्यसअघि मुखबाट दिइने ओरल खोप मात्रै थियो । विस्तारै मुखबाट दिने पोेलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रि मध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) नियमित रुपमा संचालन भईरहेको छ ।

टाइप टु नेपालबाट धेरै अघि देखी नदेखिएको भएपनि यसको मृत जिव मिसिएको आइपिभी भ्याक्सीन सुरु गरेको थियो । विश्व स्वास्थ्य संगठनले नै सो खोप प्रयोग गर्नको लागि विश्व समुदायलाई आह्वान गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *