छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा २९ चैत । गण्डकी प्रदेश सरकारले छुट्टै स्वास्थ्य मन्त्रालय बनाउने निर्णय गरेको छ । यसअघि गण्डकीमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय थियो ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रायल र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका थिए । बुधबार सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न प्रदेश सरकारलाई अन्तरिम आदेश जारी गरेको छ । तर मन्त्रालय फुटाउने निर्णय भने मंगलबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेको चुमानले जानकारी दिए ।

यसअघि १२ वटा मन्त्रालय भएको गण्डकी प्रदेशमा खगराज अधिकारी पहिलो पटक मुख्य मन्त्री भएपछि २५ पुस २०७९ मा मन्त्रालय गाभेर ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *