कोभिड-१९ विरुद्धको खोप टेकु अस्पतालमा अहिले पनि निरन्तर

काठमाडौँ, २७ चैत । हिजो आज कोभिड – १९ को संक्रमण नियन्त्रणमा छ । फाट्टफुट्ट बाहेक संक्रमण पनि देखिएको छैन । संक्रमण नभएसंगै यसविरुद्धको खोपको चर्चा समेत हराएको छ । तर, टेकुस्थित शहीद शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा भने अहिले पनि नियमित रुपमा कोभिड – १९ विरुद्धको खोप दिईदै आएको छ ।

विदाका दिन बाहेक हरेक दिन विहान १० देखि ३ बजेसम्म कोभिडविरुद्धको फाइजर खोप दिइदै आएको अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले भने ।

‘कोभिड – १९ का केही केसहरु देखिएका छन् तर यसबाट हुने मृत्युदर (मोर्टालिटी) त रोकिएको नै छ । त्यसैले अहिले यसबिरुद्धको खोपको चर्चा त्यति सुनिदैन । तर, टेकु अस्पतालमा अहिले पनि दिनहुँ खोप सञ्चालन भइरहेको छ । दैनिक २५ -३० जना खोपका लागि आउनु हुन्छ ।  कसैले पहिलो डोज कसैले दोस्रो डोज कसैले बुस्टर डोज लगाउनु हुन्छ । विशेषत बृद्धबृद्धाहरुले यो खोप लिनु भएको छ,’ डा. बसौलाले भने ।

टेकु अस्पतालमा गत मार्च यता विभिन्न अस्पतालबाट रिफर भएर आएका कोभिड १९ का १६ जना बिरामी भर्ना भएका थिए । त्यसमा झण्डै ७० प्रतिशत पुरुष र ८१ प्रतिशत ६५ बर्ष माथिका थिए । त्यसमा कोही खोप नलगाएका र कोहीले डोज पुरा नगरेका पनि थिए ।

‘त्यसैले अहिले पनि हामीले जोखिम युक्त समूहका व्यक्तिलाई खोप लगाउन भनेका छौँ,’ उनले भने ।

टेकु अस्पतालमा जनस्वास्थ्य कार्यालय काठमाडौँले कोभिड १९ बिरुद्धको खोप उपलव्ध गराएको हो ।

‘इमरजेन्सी संगै एउटा खोप कक्ष बनाइएको छ । तोकिएको समयमा त्यहाँ गएर कोभिड- १९ बिरुद्धको खोप लिन सकिन्छ,’ डा. बसौलालले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *