पिपुल्स हेल्थ मुभमेन्टको पाँचौं विश्व सम्मेलन अर्जेन्टिनामा सुरु

480
Shares

काठमाडौँ, २६ चैत। पिपुल्स हेल्थ मुभमेन्टको पाँचौं विश्व सम्मेलन आइतबार देखि अर्जेन्टिनाको मार डेल प्लाटा शहरमा सुरु भएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर सुरु भएको सम्मेलन आगामी बिहिबारसम्म चल्नेछ ।

पिपुल्स हेल्थ मुभमेन्टले स्वास्थ्यमा समता एवं हरेक नागरिकको समतामुलक पहुँचको आवाज उठाउँदै आएको छ । हरेक पाँच बर्षमा हुने विश्व सम्मेलनमा यसपटक विश्वका ६० देशबाट करीव ७०० बढी प्रतिनिधिको सहभागिता छ ।

यसैबीच सम्मेलनमा भाग लिन नेपालबाट पनि प्रतिनिधिहरु मार डेल प्लाटा शहर पुगेका छन् । जनस्वास्थ्य विज्ञ प्राडा शरदराज वन्त र प्राडा सुजनबाबु मरहट्टाले नेपालको तर्फबाट सम्मेलनमा सहभागिता जनाएका छन् ।

सम्मेलनमा बदलिदोस्थितिमा स्वास्थ्य प्रणालीमा रुपान्तरण, लैगिक समता, विश्व शान्ति एवं सुशासन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

पिपुल्स हेल्थ मुभमेन्टको चौथो विश्व सम्मेलन पाँच वर्ष अघि बंगलादेशमा सम्पन्न भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *