पिपुल्स हेल्थ मुभमेन्टको पाँचौं विश्व सम्मेलन अर्जेन्टिनामा सुरु

काठमाडौँ, २६ चैत। पिपुल्स हेल्थ मुभमेन्टको पाँचौं विश्व सम्मेलन आइतबार देखि अर्जेन्टिनाको मार डेल प्लाटा शहरमा सुरु भएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर सुरु भएको सम्मेलन आगामी बिहिबारसम्म चल्नेछ ।
पिपुल्स हेल्थ मुभमेन्टले स्वास्थ्यमा समता एवं हरेक नागरिकको समतामुलक पहुँचको आवाज उठाउँदै आएको छ । हरेक पाँच बर्षमा हुने विश्व सम्मेलनमा यसपटक विश्वका ६० देशबाट करीव ७०० बढी प्रतिनिधिको सहभागिता छ ।
यसैबीच सम्मेलनमा भाग लिन नेपालबाट पनि प्रतिनिधिहरु मार डेल प्लाटा शहर पुगेका छन् । जनस्वास्थ्य विज्ञ प्राडा शरदराज वन्त र प्राडा सुजनबाबु मरहट्टाले नेपालको तर्फबाट सम्मेलनमा सहभागिता जनाएका छन् ।
सम्मेलनमा बदलिदोस्थितिमा स्वास्थ्य प्रणालीमा रुपान्तरण, लैगिक समता, विश्व शान्ति एवं सुशासन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
पिपुल्स हेल्थ मुभमेन्टको चौथो विश्व सम्मेलन पाँच वर्ष अघि बंगलादेशमा सम्पन्न भएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

