गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी नियुक्त

काठमाडौँ, २५ चैत । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारी एक वर्षको अवधिमा दोस्रोपटक गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । उनी यसअघि २५ पुस २०७९ देखि १४ वैशाख २०८० सम्म मुख्यमन्त्री थिए । त्यतिबेला उनी एमाले, माओवादी केन्द्र, राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

अधिकारीले आइतबार बिहान एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित मुख्यमनत्रीको दाबी प्रदेश प्रमुखसमक्ष गरेका थिए ।

उनले आजै साढे तीन बजे सपथ ग्रहण गर्ने गण्डकी प्रदेश प्रमुख कार्यलयले जनाएको छ ।

अधिकारीले शपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *