क्लिनिकल प्याथोलोजी संघमा नयाँ कार्य समिति, अध्यक्षमा डा. अभिमन्यु झा

काठमाडौँ, २५ चैत । क्लिनिकल प्याथोलोजी संघ नेपालमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

काठमाडौँको होटल र्‍याडिसनमा शनिबार सम्पन्न संघको एघारौं अधिवेशनबाट डा. अभिमन्यु झाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

डा. झा त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा सहायक डीनको रुपमा कार्यरत छन् ।

यस्तै अधिवेशनले समितिको उपाध्यक्षमा नेपाल मेडिकल कलेजमा कार्यरत डा राकेश पाठक र महासचिवमा ओम अस्पतालमा कार्यरत डा रोजन घिमिरेलाई निर्वाचित गरेको छ ।

यसैगरी सह सचिवमा चिकित्सा शास्त्र अध्ययन संस्थानकै डा एलिना कर्ण, कोषाध्यक्षमा बी एण्ड बी अस्पतालका डा नीता काफ्ले निर्वाचित भएका छन् ।

सदस्यहरुमा कान्ति बाल अस्पतालका डा मोनी सुवेदी, धुलिखेल अस्पतालका डा विनोद ढकाल, भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डा दिक्षा कार्की र कटारी अस्पतालमा कार्यरत डा गौरव साह चयन भएका छन्।

नव निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहने छ ।

सन् १९९३ मा स्थापना भएको संघमा हाल करीव ५ सय जना सदस्य रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *