विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २४ चैत । नेपाल मेडिकल काउन्सिलले शुक्रबार लिएको विशेष (विशेषज्ञ चिकित्सक लाइसेन्स ) परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलले शुक्रबार नै नतिजा प्रकाशित गरेको थियो ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले दिएको जानकारी अनुसार  परीक्षामा  ३५ विभिन्न विषयका  १७९ जना सहभागी भएका थिए । त्यसमा ९१ जना अर्थात ५०.८३ प्रतिशत उत्तीर्ण भएका हुन् ।

परीक्षामा तीन जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।

त्यसो त यो परीक्षाका लागि गत ५ फागुन देखि ४ चैतसम्म नियमित तथा ५ र ६ चैतसम्म विलम्ब शुल्क तिरेर फारम भर्न सूचना आव्हान गरिएको थियो ।

सो अवधीमा १८२ जनाले फारम भरेका थिए तर परीक्षाका बेलामा तीन जना अनुपस्थित रहेका थिए ।

परीक्षा केन्द्र पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा राखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *