स्वर्गीय डा. मिश्रको सम्झनामा कान्तिपुर डेन्टल कलेजमा श्रद्धान्जली सभा

काठमाडौँ, २३ चैत । दन्त रोग विशेषज्ञ समेत रहेका पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रको निधन प्रति बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)मा शुक्रबार श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।
केडीसीका अध्यापक समेत रहेका स्वर्गीय मिश्रको सम्झनामा विद्यार्थी तथा शिक्षकले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

श्रद्धाञ्जली सभामा बोल्दै कलेजका प्राचार्य प्राडा रवीन्द्रमान श्रेष्ठले स्वर्गीय डा. मिश्र विद्यार्थी, शिक्षक एवं पेशाकर्मीका लागि उदाहरणीय व्यक्ति भएको बताए । मिश्रको असामयिक निधनले दन्त चिकित्सा र शिक्षाका क्षेत्रमा ठूलो क्षति भएको उनको भनाइ छ ।
कार्यक्रममा कलेजका अध्यापक, कर्मचारी एवं स्वास्थ्यकर्मी सहभागी थिए ।
पित्तथैलीमा क्यान्सर देखिएको मिश्रको गत १३ चैतका दिन भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

