बीपी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकले दिने भए पूर्वी पहाडका पाँच जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा

धरान, २२ चैत । पूर्वी पहाडका पाँच जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा सुरु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय कोशी प्रदेशको सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु भएको हो ।

प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमकाबीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले टेलिमेडिसिन सेवाको उद्घाटन गरे ।

त्यसो त प्रदेश सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकी रहेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

उक्त टेलिमेडिसिन कार्यक्रम मार्फत सेवाग्राहीहरूले सम्बन्धित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू मार्फत प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू सँग सम्पर्क स्थापित गर्न सक्ने छन् ।

उद्घाटन कार्यक्रममा वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा जगत नारायण प्रसादले टेलिमेडिसिन कार्यक्रम मार्फत प्रदेशभरीका स्वास्थ्य संस्थाहरुमा प्रतिष्ठानको विशेषज्ञ सेवा बिस्तार हुँदै गरेको बताए ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर कटुवालले टेलिमेडिसिन कार्यक्रमको प्रभावकारिताकोको चर्चा गर्दै स्वास्थ्य सेवा बिस्तारको लागि प्रदेश सरकार सरोकारवालाहरू सँग सहकार्य गरी अगि बढ्न चाहेको बताए ।

प्रतिष्ठान अन्तर्गत ई-हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका फोकल पर्सन प्रा डा नरेन्द्र भट्टले कार्यक्रमको प्रभावकारिता र दिगोपनको सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

उक्त अवसरमा टेलिमेडिसिन कार्यक्रमका मेडिकल कोअर्डिनेटर डा प्रमेन्द्र प्रसाद गुप्ताले प्रतिष्ठान अन्तर्गत सञ्चालित टेलिमेडिसिन कार्यक्रमले डिजिटल हेल्थको क्षेत्रमा नेपालमै अग्रणी भई गरेका कामहरूको चर्चा गरेको प्रतिष्ठानका सहप्रवक्ता डा अरुणकुमार सिंहले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *