स्वास्थ्यमा सरुवा भएका सचिव मधुसुदन बुर्लाकोटीले कार्यभार सम्हाले

काठमाडौँ, २२ चैत । गत साता सरुवा भएका सचिव मुधसुदन बुर्लाकोटीले आजबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हालेका छन् ।
गत बिहिबारको मन्त्रिपरिषद् बैठकले केही सचिवहरुको सरुवा गर्दा बुर्लाकोटीको पनि सरुवा भएको थियो ।
यसअघि उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए ।
आज विहान साढे १० बजे रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर उनी हाजिर भएका हुन् ।
सो अवसरमा उनलाई अर्का सचिव डा. रोशन पोखरेल सहित कर्मचारीहरुले स्वागत गरेका थिए ।
बुर्लाकोटी यसअघि सहसचिवको रुपमा स्वास्थ्यमा रहि सकेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




