मेडिकल काउन्सिल सदस्यका लागि माधव नेपालको छोरी सहित तीन जनाको नाम सिफारिस

काठमाडौँ, २२ चैत । नेपाल मेडिकल काउन्सिलमा रिक्त सदस्य पदमा नियुक्तीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनाको सिफारिस गरेको छ । त्यसरी सिफारिस पर्नेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुत्री डा. सुमन नेपाल सहित तीन जना रहेका छन् ।

मन्त्रालय स्रोतका अनुसार सदस्य पदका लागि डा सुमन नेपाल, डा रिकेश जंग कार्की र डा मनोजमान श्रेष्ठको नाम फाइनल गरी मन्त्रि परिषदमा पठाइएको छ ।

आज बस्ने मन्त्री परिषद्को बैठकले सम्भवत यी तीन जनालाई काउन्सिल सदस्यमा नियुक्ती गर्नेछ । नेपाल मेडिकल काउन्सिल ऐन २०२० दफा ४ मा काउन्सिलको समितिको गठन बारेमा उल्लेख छ ।

त्यसमा केही सरकारले मनोनित गर्ने, केही निर्वाचनबाट आउने र केही पदेन सदस्य बन्ने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *