नेपाल मेडिकल काउन्सिलद्धारा विसं २०८१ सालमा लिइने परीक्षाको तालिका सार्वजनिक

200
Shares

काठमाडौं, २२ चैत । नेपाल मेडिकल काउन्सिलले आगामी बर्ष अर्थात विसं २०८१ सालमा लिईने परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले सार्वजनिक गरेको तालिका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा बर्षको तीन पटक र स्नातकोत्तर तहको विशेष (स्पेशल) परीक्षा बर्षको तीन पटक गर्ने छ ।

त्यसमा स्नातक तहको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा जेठको ७,८ र ९ गते पहिलो, असोज १३,१४ र १५ गते दोस्रो र माघको ८,९ र १० गते तेस्रो पटक लिने छ । यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा तर्फ साउन १७ र १८ गते पहिलो, मंसिर २० र २१ गते दोस्रो र चैतको २१ र २२ गते तेस्रो हुने छ ।

काउन्सिलले आगामी जेठमा हुने लाइसेन्स परीक्षाका लागि आगामी २६ चेत देखि परीक्षा फारम खुल्ने जनाएको छ ।

उसले सो परीक्षा फारम आगामी २५ बैशाखसम्म नियमित र २६ र २७ बैशाखमा बिलम्ब शुल्क सहित अनलाइन आवेदन भर्न सकिने बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *