क्षयरोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ

0
Shares

हुम्ला, २१ चैत । स्वास्थ्य संस्थाल क्षय रोगी पत्ता लगाउन गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्क्रेनिङ गरिरहेको पाइएको छ। जिल्लामा क्षयरोगीको संख्या वृद्धि भएको हुन सक्ने देखिएपछि त्यसको स्क्रेनिङ गरिएको हो।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाकी वरिष्ठ अनमी मनमाया ओली शाहीले गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरेर २९६ जना बिरामीको उपचार हुँदा सम्भावित क्षयरोगका बिरामी हुन सक्ने भन्दै स्क्रेनिङ गरिएको बताइन्।

जसमा १८ जना महिला र १७ जना पुरुष बिरामीको स्क्रेनिङ गरिएको छ। ती बिरामीको क्षयरोगको अवस्थाबारे केही दिनमा चिकित्सकले रिपोर्ट सार्वजनिक गरेपछि मात्रै क्षयरोगीबारे केही भन्न सकिन्छ।

यसरी स्वास्थ्य शिविर सञ्चालन गरेर क्षयरोगीको स्क्रेनिङ गरिएका बिरामीमा डाँडाफया स्वास्थ्य चौकी, साता सामुदायिक स्वास्थ्य एकाइ, स्याँडा स्वास्थ्य चौकी, खोल्सी सामुदायिक स्वास्थ्य एकाइ र चौगानफया सामुदायिक स्वास्थ्य एकाइ छन्। यी सबै स्वास्थ्य संस्थामा गरिएको बिरामीको स्वास्थ्य परीक्षणबाट क्षयरोगीको स्क्रेनिङमा परेका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *