सचिव मधुसुदन बुर्लाकोटीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा

मधु वुर्लाकोटीः

काठमाडौँ, १९ चैत ।  स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फको सचिवको जिम्मेवारी मधुसुदन बुर्लाकोटीले पाएका छन् ।

गत विहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई स्वास्थ्यमा सरुवा गर्ने निर्णय गरेको हो ।

सचिव बुर्लाकोटीले आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भेटेका छन् । उनले आउँदो बुधबारबाट स्वास्थ्यमा हाजिर हुन आउने बताएका छन् ।

‘मैले चिठी बुझिसकेको छु । बुधबारबाट स्वास्थ्यको जिम्मेवारी सम्हाल्छु,’ सचिव बुर्लाकोटीले भने ।

बुर्लाकोटी विसं २०७५ बैशाख देखि २०७६ भदौसम्म स्वास्थ्य मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत थिए । सचिवमा बढुवा भएपछि संघीय मन्त्रालयमा गएको भने यो पहिलो अवसर हो ।

स्वास्थ्य मन्त्रालयमा प्रशासन र प्राविधिक (स्वास्थ्य) गरी दुई जना सचिव रहने व्यवस्था छ । स्वास्थ्य सचिवको रुपमा डा. रोशन पोखरेलले अहिले मन्त्रालय सम्हालेका छन् ।

प्रशासन तर्फको सचिव रहेकी देवकुमारी गुरागाईँ गत फागुनको अन्तिममा अवकाश पाएपछि सो पद रिक्त थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *