बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

सिटिस्क्यान लगायतका रेडियोलोजी सम्वन्धी मेसिनमा क्षति पुगेको आशंका

काठमाडौँ, १८ चैत । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । आज अपरान्ह ४ बजे तिर रेडियोलोजी सम्बन्धी उपकरण भएको भवनमा आगो लागेको हो ।

‘सिटिस्क्यान रिपोटिङ गर्ने ठाउँमा एक्कासी आगो देखियो । त्यसले नजिकै रहेको सिटिस्क्यान मेसिनमा क्षतिपुगेको अनुमान छ । अरु के कति क्षति पुग्यो आजै भन्ने अवस्था छैन,’ अस्पतालका कार्यकारी निर्देशक डा प्रकाशप्रसाद साहले बताए ।

उनले रेडियोलोजी सम्वन्धी सेवा दिने भवनमा लागेको आगो दमकल, कर्मचारी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको जानकारी दिए ।

‘त्यो छुट्टै भवन थियो । त्यहाँ सिटी स्क्यान, मेमोग्राफी, रेडियोग्राफी, अल्ट्रासाउण्ड, लिन्याक, एक्स–रे, लगायत रेडियोलोजी सम्बन्धी मेसिन, औजार तथा उपकरण थियो । केही स साना सामान त बाहिर निकाल्यौ अरु भित्रै छ । कहाँ कहाँ र कुन कुन मेसिनमा क्षति पुग्यो आजै भन्ने अवस्था छैन,’ उनले भने ।

उनले लिन्याक लगायतका कतिपय मेसिनहरु आए फिट भए पनि सेवा प्रारम्भ भइ नसकेको बताए ।

गत साता मात्रै नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा यसैगरी आगलागी भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *