महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित बिदाइ

24
Shares

 

काठमाडौँ, १८ चैत । लुम्बिनी प्रदेश सरकारले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रकमसहित बिदाइ गरेको छ।

बाँकेका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार नेपालगन्जमा प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले ५० हजार रकमसहित बिदाइ गरेका हुन् ।

स्वास्थ्य कार्यालय, बाँकेले आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरेका हुन्।

लुम्बिनी प्रदेशमा रिटायर्ड भएका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित बिदाइ गर्ने कार्यक्रमको बाँकेबाट सुरु भएको हो।

मन्त्री खनालले प्रदेशमा ९ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको र हरेक वर्ष ४ सय रिटायर्ड हुने भएकाले बजेट अभावमा सेवा सुविधा बढाउन नसके पनि बिदाइ हुँदा ५० हजार दिने नीति बनाएको बताए।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगद शाहीले जिल्लामा ३५ जना ६० वर्ष पूरा भएर बिदाइको चरणमा रहेको बताए।

आइतबार नेपालगन्ज उपमहानगरपालिकाका १० जना र जानकी गाउँपालिकाका ३ जनालाई बिदाइ गरिएको थियो।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदद्वय सुशीला नेपाली र मिना सिद्धिकी, प्रदेशका स्वास्थ्य सचिव जनार्दन पन्थी, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले महिला स्वास्थ्य स्वयंसेविका समाजमा स्वास्थ्यको खम्बा भएको र उनीहरूले न्यून सुविधामा उदाहरणीय काम गरेको बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *