पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि १७ जना प्रतिस्पर्धामा

काठमाडौँ, १८ चैत । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले रिक्त उपकुलपति पदमा आवेदन गरेका १७ जनाको नाम प्रकाशित गरेको छ ।

समितिले उनीहरुलाई सोच पत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि मिति र समय तोकिदिएको छ ।

प्रस्तुतिकरणका लागि परेका १७ जनामा शुभनारायण पाठक, अनिलकुमार पोखरेल, जीवन कुमार ढकाल रहेका छन् । यस्तै अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, विजुकुमार थपलिया, विनोद पराजुली, देवी प्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल र उमेश कोइरालालाई पनि प्रस्तुतिकरणका लागि बोलाइएको छ ।

यसैगरी संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाललाई उपकुलपति बन्नका लागि तयार पारेको सोच पत्र र व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरणका लागि बोलाइएको छ ।

प्रस्तुतिकरणका लागि समितिले उनीहरुलाई आगमी २७, २८ र २९ चैतको दिन तोकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *