महेन्द्र माविमा निशुल्क दन्त एवं मानसिक स्वास्थ्य शिविर सम्पन्न

पोखरा, १७ चैत । पोखरा-१९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयमा शुक्रबार र मुख तथा दन्त स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सोही अवसरमा शिविरका सेवाग्राहीलाई मासिनक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्वन्धी प्रशिक्षण समेत दिईएको थियो ।

रोटरी क्लब अफ पोखरा न्यूरोड र बाबा फाउण्डेशन नेपालको संयुक्त आयोजनामा भएको उक्त शिविरमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पोखराको प्राविधिक सहयोग रहेको थियो ।

शिविरमा विद्यालयमा अध्ययन्रत छात्रछात्रा, शिक्षक तथा स्थानीय अभिभावक समेत गरी २५० बढीले सेवा लिएका थिए ।
शिबिरमा कान्तिपुर डेण्टल कलेजका डाक्टर अनुजा काफ्लेले दाँत तथा मुखको रोगले मुखमा मात्र नभई यसले शरीरका अरु अंगमा पनि प्रभाव पार्ने बताउदै दाँतको समस्या, दाँतमा लाग्ने रोगका प्रकार, यसले पार्ने दीर्घकालीन असर र समाधानका बारेमा आफ्ना भनाई राखेकी थिईन् । उनले दाँत स्वस्थ राख्नका लागि आवश्इक उपाय, गर्नु पर्ने कार्यका बारेमा सहभागीहरुलाई प्रशिक्षण समेत दिएकी थिईन् ।

यस्तै शिविरमा ब्रह्मकुमारी राजयोगका प्रशिक्षक बिन्नी पराजुलीले मानसिक स्वास्थ्य सम्वन्धी प्रशिक्षण दिदै पछिल्लो समयमा सामान्य कुरामा पनि सहन गर्ने क्षमता मानिसमा नहुँदा आत्महत्या गर्नेको संख्या बढ़दै गएको बताईन् । तनावबाट बच्नका लागि जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको बताउदै मनमा आउने नकारात्मक सोच हटाउनु पर्नेमा जोड दिएकी थिईन् । उनले व्यक्तित्व विकास एवं चरित्र निर्माणको आधार राजयोग ध्यानको माध्यमबाट सकारात्मक चिन्तनका साथ जीवन जिउने कला सहित तनावबाट मुक्ति पाउन सकिने भनाई राखेकी थिईन् ।

कार्यक्रममा रोटरी क्लवका पूर्व अध्यक्ष सुवाश सिग्देल, पुष्पकमल पौडेल, प्रेम शर्मा, क्लबका इलेक्ट प्रेसिडेन्ट दीपेन्द्र शर्मा, कोषाध्यक्ष छबी सुवेदी, सर्भिस कमिटी अध्यक्ष नरेन्द्र बास्तोला, कान्तिपुर डेण्टल कलेजका निर्देशकद्धय प्रतिकमान श्रेष्ठ, बृष्टि गुरूङ लगाएतको उपस्थिति रहेको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *