नौं जना चिकित्सक र दुई जना नर्स एघारौँ तहमा बढुवा

काठमाडौँ, १६ चैत ।  सरकारले स्वास्थ्य समूहका नौं जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गरेको छ । गत बिहिबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा समूहका विभिन्न ११ जना अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसरी बढुवा हुनेहरुमा चिकित्सक तर्फ ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा. जैनेन्द्रकुमार चौधरी, न्युरो सर्जन डा. निलमकुमार खड्का, अर्थोपेडिक्स सर्जन डा. ओमप्रकाश अर्याल, इएनटी सर्जन डा. दिपेन्द्र गौतम र रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मा रहेका छन् ।

यसैगरी, डा शैलेन्द्र विश्वकर्मा पोखरेल, एनेस्थेसियोलोजिष्ट डा. सुवास रेग्मी, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डित र डा. विनोद सिंह बढुवा भएका छन् ।

यस्तै नर्सिङ तर्फ सरिता कार्की र मञ्जु यादव पनि एघारौँ तहमा बढुवा भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेकी सरकारको प्रवक्ता रेखा शर्माले बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *