नेपाली चिकित्सकहरुद्धारा प्यालेस्टाइनमाथि इजराइलले गरेको आक्रमणको बिरोध

काठमाडौँ, १६ चैत ।  नेपाली चिकित्सकहरुको एक संस्था फिजिसियन्स फर सोसियल रेस्पोन्सविलिटी नेपाल (पीएसआरएन)ले युद्धका बेला प्यालेस्टाइनमा कार्यरत स्वास्थ्यकर्मीमाथि इजराइली घातक आक्रमण गरिएको भन्दै बिरोध जनाएको छ । पीएसआरएनमा आवद्ध चिकित्सकहरुले आज दिउसो नेपालस्थित इजराइली दुतावास पुगेर बिरोध जनाएका हुन् ।

पीएसआरएनका अध्यक्ष प्राडा गणेश गुरुङले इजराइल सरकारले प्यालेस्टाइनका गैर सैनिक नागरिक माथि क्रुर र बर्बरतापूर्ण आक्रमण गरेको भन्दै त्यसमा घाइतेहरुको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत परेको बताए ।

विश्वका सबै मानिसहरुले आफ्नो भूमिाका शान्तिपूर्ण बाच्न पाउने अधिकार राख्दछन् भन्दै प्राडा गुरुङले इजराइलले प्यालेस्टाइनका नागरिकको अधिकारको हनन गरेको समेत बताए ।

पीएसआरएनले प्यालेस्टाइनका स्वास्थ्यकर्मी र विरामीमाथि इजराइली सेनाले इतिहासकै सबैभन्दा भयानक अपराधहरु गरेको भन्दै तर प्यालेस्टाइनका स्वास्थ्यकर्मीहरुले गोली बारुदको बीचमा पनि आफ्नो जीवनको पर्वाह नगरी बिरामी तथा घाइतेको उपचारमा खटिई रहेको भन्दै प्रशंसा समेत गरेको छ ।

गत ७ अक्टोबर देखि सुरु भएको युद्धमा अहिलेसम्म प्यालेस्टाइनमा ३१ हजार नागरिकको ज्यान गएको छ । त्यसमा ६८५ बढी स्वास्थ्यकर्मी रहेको बताइएको छ ।

प्यालेस्टाइनको पक्षमा देखिएका पीएसआरएनका सदस्य चिकित्सकहरु आज मध्यान्न त्रिवि शिक्षण अस्पताल परिसरमा भेला भई विरोध पत्र बुझाउन लाजिम्पाटस्थित इजराइली दुतावास पुगेका थिए । तर सुरक्षाकर्मीहरुले मुल सडकदेखि भित्र रहेको दुतावास नजिक पुग्न दिएन ।

प्रहरीले लाजिम्पाटको मुल सडकमै रोके पछि उनीहरुले त्यहि विरोध जनाएर फर्किएको डा कृष्ण अधिकारीले बताए ।

यस्तो छ पीएसआरएनको विज्ञप्ती  

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *