डीन कार्यालय र कलेज प्रशासनसंग छुट्टा छुट्टै सहमति भएपछि नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीको हड्ताल फिर्ता

88
Shares

काठमाडौँ, १६ चैत । नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीहरुले १० दिन लामो हड्ताल फिर्ता लिएका छन् । पछिल्लो दुई दिनमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालय र नर्सिङ क्याम्पस प्रशासनसंग छुट्टा छुट्टै सम्झौँता गरेपछि उनीहरुको शैक्षिक हड्ताल फिर्ता लिएका हुन् ।

नर्सिङ क्याम्पस महाराजगञ्जकी स्ववियू सभापति नोविना बस्नेतले आफूहरुले उठाएका मुद्धालाई सम्वोधन गर्न आईओएम डीन कार्यालय र क्याम्पस प्रशासन तयार भएपछि हड्ताल फिर्ता भएको बताइन । उनले सहमति पछि डीन कार्यालयमा लागेको ताला गत बुधबार र क्याम्पसमा लागेको ताला बिहिबार (हिजो) खोलिएको भन्दै आजबाट सबै विद्यार्थीहरु नियमित पठन पाठन र क्लिनिकल डिउटीमा फर्किएको जानकारी दिईन् ।

एउटा विषयमा भर्ना गरी अर्को विषयमा जाँच लिन भन्दै नर्सिङ क्याम्पस महाराजगञ्जमा बीएमएस अध्ययनरत विद्यार्थीहरु हड्तालमा उत्रिएका थिए । पछि उनीहरुको मुद्धालाई स्ववियूले उठाएपछि हडताल थप चर्को भएको थियो । ८ बुँदे माग अघि सार्दै उनीहरुले क्याम्पस प्रशासन तथा डीन कार्यालयमा तालावन्दी गरेका थिए ।

‘बीएमएसको विषय प्रमुख थियो । त्यो विषयमा हामीले गत बुधबार डीन अफिसका जिम्मेवार अधिकारीसंग बसेर टुंगोमा पुर्‍यायौँ र त्यहाँको ताला खोलिदियौँ । अरु विद्यार्थी हक हित तथा शैक्षिक कार्यक्रमबारे गर्नु पर्ने सुधारका बारेमा क्याम्पस प्रशासनसंग हिजो अर्को छुट्टै सहमति गर्‍यौ र त्यहाँको पनि ताला खोलिदियौँ । आजबाट सबै साथीहरु पूर्ववत रुपमा पढाई तथा डिउटीमा फर्किनु भएको छ,’ स्ववियू सभापति बस्नेतले भनिन् ।

यस्तो छ डीन कार्यालयमा भएको सहमति

यस्तो छ क्याम्पस प्रशासनसंग भएको सहमति

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *