भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त

काठमाडौँ, १५ चैत । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक पदमा डा उज्जवल चालिसे नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ ।
डा चालिसेले यसअघि पनि निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए। तर बीचमा डा विष्णुदत्त पौडेलले सर्बोच्चबाट अन्तरिम आदेश ल्याएपछि उनी जिम्मेबारीबाट हटेका थिए ।
पछि डा पौडेलले राजिनामा दिएपछि भने रिक्त पदमा तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा ऋषिकेश नारायण श्रेष्ठलाई निर्देशकमा नियुक्त गरेका थिए ।
डा श्रेष्ठ उमेर हदका कारण बुधबारबाट अवकाश पाएका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



