आरजुको थाइराइडको शल्यक्रिय सफल, केही समय भारतमै बस्ने

148
Shares

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाको  थाइराइडको सफल शल्यक्रिया गरिएको छ ।

उनका स्वकीय सचिव कमल रावलले आज विज्ञप्ति जारी गर्दै आरजु उपचारका लागि भारत गएको र अहिले नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलम उपचार भइरहेको बताएका छन् ।

आरजुले विगत दुई बर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाहअनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आएको समेत विज्ञप्तिमा उल्लेख छ ।

गत चैत १४ गते आरजुको हाइपर पाराथाइरोडिज्मको शल्यक्रिया भएको बताइएको छ । अहिले आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *