मुटुको चाल गडबढी भएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना


काठमाडौँ, १५ चैत । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । मुटुको चालमा गडबढी भएपछि उनलाई बुधबार विहान साढे ८ बजे तिर महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

‘मुटुको चाल अलि कम भएको र रिगाटा समेत लागेपछि मनमोहनमा ल्याइएको रहेछ । अहिले हाम्रो कार्डियोलोजी टिमले हेरिरहेको छ । हल्टर मोनिटर लगाएर समस्याको पहिचान गर्न खोजिएको छ । २४ घण्टा मा त्यसले दिएको रिपोर्टको आधारमा टीमले आवश्यक निर्णय लिन्छ,’ मनमोहनका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले भने ।

कार्डियोलोजी विभागका प्रमुख प्राडा चन्द्रमणि पौडेलले मुटुको चाल कम भएको र  चक्कर लागेर  बेहोस भएपछि रायमाझीलाई मनमोहन ल्याइएको रहेछ भन्दै अहिले समस्या पहिचान र उपचारको काम भइरहेको बताए ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रहेका व्यक्ति हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *