स्वास्थ्यका उपसचिव मोहन निरौलाको सरुवा

काठमाडौँ, १४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव मोहन निरौलाको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयका ६ जना उपसचिवको सरुवा गर्दा निरौलाको समेत सरुवा भएको हो ।

स्रोतका अनुसार स्वास्थ्यबाट निरौलालाई भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । निरौला यसअघिका स्वास्थ्य मन्त्री मोहन बस्नेत सचिवालयमा रहेर निजी सचिवको रुपमा काम गरेका उपसचिव हुन् ।

यस्तै सामान्यले गृह मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्यायको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोज कुमार पोख्रेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ ।

यस्तै कैलालीको भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेका लक्ष्मणबहादुर कठायतलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कृष्णबहादुर खड्काले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *