पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रको निधन

काठमाडौँ, १४ चैत । पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा गएराती साढे ९ बजे उनको निधन भएको हो ।

पित्तथैलीमा ट्युमर देखिएपछि उनी उपचारका लागि दिल्ली गएका थिए । तर सर्जरी भइसकेपछि उनलाई हृदयघात भयो । त्यसपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगिता कौशल मिश्राले परिवार स्रोतलाई उल्लेख गर्दै गएराती ९ : २८ बजे निधन भएको बताइन ।

‘केही समय देखि उहाँ निकै नै बिरामी हुनुहुन्थ्यो । पित्तथैलीको सर्जरी त भयो तर बीचमा थप समस्या देखा पर्‍यो, अहिले दुखद खबर आएको छ,’ डा. मिश्राले भनिन् ।

सचिव डा मिश्रका साथी एवं पूर्व सहसचिव डा. जीडी ठाकुरले करीव दुई महिना देखि म्याक्समा उपचार भइरहेको बताए । ‘सामान्य भन्दा भन्दै बीचमा स्वास्थ्य अवस्था बिग्रियो,’ उनले भने ।

डा मिश्रले २०६६ देखि २०७१ साउन सम्म स्वास्थ्य मन्त्रालयको सचिव पद सम्हालेका थिए । उनी ५१ बर्षको उमेरमा सेवा निवृत्त भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *