बागमती प्रदेशद्धारा जिल्ला स्वास्थ्य र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको नाम परिवर्तन

स्वास्थ्य कार्यालयका दरबन्दी तेरिज समेत फेरियो

काठमाडौँ, १३ चैत । बागमती प्रदेश सरकारले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरेको छ । प्रदेशको गत ३ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले नाम जिल्लामा रहने यी दुई कार्यालयका नाम फेर्ने निर्णय गरेको हो । यद्धपी जिल्लाहरुलाई नाम फेर्ने सम्बन्धी पत्र अहिले पठाइएको छ ।

गत ३ पुसको प्रदेश मन्त्रिपरिषद् बैठकले १३ वटै जिल्लामा रहेका स्वास्थ्य कार्यालयहरुको नाम परिवर्तन गरि जनस्वास्थ्य कार्यालय लेख्ने निर्णय गरेको छ । यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको नाम पनि परिवर्तन गरी आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नामाकरण गर्ने निर्णय गरेको छ ।

संघीयता कार्यान्वयन नहुँदासम्म जिल्ला तहका स्वास्थ्य कार्यालयहरुको नाम जिल्ला जनस्वास्थ्य कार्यालय नै थियो । केही कार्यालय र अस्पताल संगै भएको जिल्लामा चाहि जिल्ला स्वास्थ्य कार्यालय भनिने गरिन्थ्यो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले केही समय अघि निर्णय भए पनि त्यसको कार्यान्वयनका लागि मन्त्रालयको पत्र यसै साता आएको भन्दै सोही अनुसार कार्यान्वयनमा जाने बताए । ‘हामीलाई परिपत्र आइसकेको छ, अब जनस्वास्थ्य कार्यालयको नाम रहनेछ,’ उनले भने ।

प्रदेश स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले गत ३ पुसको मन्त्रिपरिषद्बाट भएको निर्णय अनुसार जिल्लास्थित स्वास्थ्य कार्यालय र आयुर्वेद केन्द्रको नाम परिवर्तन गरेको बताए । उनले नाम मात्रै नभई स्वास्थ्य कार्यालयहरुको दरबन्दी तेरिज समेत केही परिवर्तन भएको जानकारी दिए । ‘अब नयाँ नाम र नयाँ दरबन्दी तेरिजमा जिल्लाका कार्यालयहरु सञ्चालन हुनेछन्,’ सचिव खड्काले भने ।

जिल्ला जनस्वास्थ्इ नयाँ दरबन्दी तेरिजमा काठमाडौँ बाहेक अरु १२ जिल्लामा नवौँ वा दशौँ तहको बरिष्ठ जनस्वास्थ्य प्रशासक प्रमुख हुने गरी १७ जना कर्मचारी रहने दरबन्दी तेरिज बनेको छ । त्यसमा सबै कार्यालयमा स्वास्थ्य शिक्षा अधिकृत अनिवार्य गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौँमा भने ११ औं तहको जनस्वास्थ्य प्रशासक प्रमुख हुने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *