नर्सिङ विद्यार्थीको मागका विषयमा शिक्षा मन्त्री श्रेष्ठले बोलाईन आकस्मिक बैठक, गर्‍यो पाँच बुँदे निर्णय

काठमाडौँ, ९ चैत ।  शिक्षा मन्त्रालयले आन्दोलनरत नर्सिङ क्याम्पस महाराजगञ्जका विद्यार्थीले उठाएका मागका विषयमा सम्बोधन गर्ने प्रयास गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा शुक्रबार सरोकारवालाहरुको बैठक बसी विद्यार्थीले उठाएका मागका विषयमा केही निर्णय समेत भएको छ ।

मन्त्रालयले शुक्रबार बेलुका जारी विज्ञप्तीमा व्याचलर अफ मिडवाइफ्री साइन्स (बीएमएस) र बीएस्सी मिडवाइफ्री पाठ्यक्रम एकै भएको स्पष्ट पारेको छ । तर बीएमएस तर्फका विद्यार्थीहरुलाई बीएमएसको उपाधि प्रदान गरिने उल्लेख गरेको छ । यस्तै बीएमएस अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरुलाई नर्सिङ परिषदले लिने लाइसेन्स परीक्षामा सहभागी समेत समस्या नहुने बताइएको छ ।

बैठकले विद्यार्थीहरुलाई यसबारेमा सूचित गरी पठनपाठन सुचारु गर्नका लागि सूचीत गर्ने समेत निर्णय गरेको छ ।

मन्त्री श्रेष्ठको संयोजकत्वमा बसेको बैठकमा चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्राडा अञ्जनीकुमार झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल, शिक्षा सचिव सुरेश अधिकारी, आइओएमका डीन प्राडा दिव्यासिंह शाह र नेपाल नर्सिङ परिषदका अध्यक्ष प्रा सरला केसी सहभागी थिए ।

तर बैठकमा आन्दोलनरत विद्यार्थी पक्षको भने सहभागिता थिए ।

नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा भएको आन्दोलनपछि अहिले क्याम्पस प्रशासन, फ्याकल्टी तथा डीन कार्यालयमा समेत तालाबन्दीको अवस्था छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *