नेकपा एस समर्थक स्वास्थ्यकर्मीहरुले खोले स्वास्थ्यमा नयाँ ट्रेड युनियन

काठमाडौँ, ९ चैत । स्वास्थ्य क्षेत्रमा नयाँ पेशागत संगठन खुलेको छ । राजनीतिक आस्थाका आधारमा नजिक रहेका स्वास्थ्यकर्मीहरुले नयाँ संगठन खोलेका हुन् ।

नेकपा एमालेबाट छुट्टिएको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट स्वास्थ्यकर्मीहरुले नयाँ ट्रेड युनियन दर्ता गरेका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उनीहरुले दर्ता गरेको नयाँ संगठनको नाम एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल राखिएको छ ।

विभागमा ८ चैतमा दर्ता भएको यो नयाँ ट्रेड युनियनको अध्यक्ष विष्णु फुयाल रहेका छन् । संगठनको महासचिव टोप थापा रहेका छन् ।

‘पहिले पार्टी एक हुँदा एमाले निकट भनिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आवद्ध थियौँ । तर एकीकृत समाजवादी पार्टी जन्मेपछि हाम्रो यससंग नजिक रहेका स्वास्थ्यकर्मीहरुले ३ र ४ मंसिर २०७८ मा भेला गरी नयाँ संगठनको घोषणा भएको थियो । त्यसको आधिकारिकता अहिले पाएका छौँ,’नयाँ संगठनका महासचिव थापाले भने ।

उनले अहिले २५ सदस्यीय केन्द्रीय समिति रहेको नयाँ संगठन ट्रेड युनियन दर्ताका लागि ६ हजार ९ सय स्वास्थ्यकर्मीहरुको हस्ताक्षर रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *