चिकित्सा शिक्षामा सहकार्य तथा सहयोग गर्नका लागि तीन प्रतिष्ठानबीच आपसी सम्झौँता

काठमाडौँ, ८ चैत । चिकित्सा शिक्षाका क्षेत्रमा आपसी सहयोग र सहकार्य गर्न सरकारका तीन ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक आपसमा सम्झौँता गरेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच एक आपसमा छुट्टा छुटै सम्झौँता भएको हो ।

बिहिबार प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीपी र न्याम्ससंग, बीपीले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बीपीसंग एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता गरेका हुन् ।

सम्झौँता पत्रमा न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत, कर्णालीका उपकुलपति डा मंगल रावल र बीपीका उपकुलपति डा ज्ञानेन्द्र गिरीले हस्ताक्षर गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सम्झौँता पछि विद्यार्थी तथा फ्याकल्टी एक्सचेन्ज कार्यक्रम सुरु हुने बताए । ‘शैक्षिक कार्यक्रम सञ्चालनका लागि सुगमको तुलनामा दुर्गममा पक्कै पनि गाह्रो हुन्छ । काठमाडौँको न्याम्स, धरानको बीपी जस्तै जुम्लामा पनि अण्डर ग्राजुएट्स र पोष्ट ग्राजुएट्सका कार्यक्रमहरु सञ्चालित छन् । ती कार्यक्रमलाई थप प्रभावकारी बनाउन एक अर्कासंग फ्याकल्टी तथा स्टुडेन्ट सेयरिङका कार्यक्रम गर्ने छौँ । सिकाईका काठमाडौँमा धरानबाट शिक्षक तथा विद्यार्थीहरु जुम्ला आउँदा, जुम्लाका शिक्षक तथा विद्यार्थीहरु काठमाडौँ र धरान पनि पुग्न सक्ने भए,’ डा रावलले भने ।

कार्यक्रममा स्वास्थ्य मन्त्री यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि यो सहकार्यले महत्व राख्ने बताए । उनले प्रतिष्ठानले स्वास्थ्य शिक्षा र सेवामा पुर्‍याएको योगदानको समेत चर्चा गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *