नेपालको स्वास्थ्य क्षेत्रमा निक साइमन्स इन्स्टिच्युटको योगदान उच्च : स्वास्थ्य मन्त्री यादव

काठमाडौँ, ८ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवामा निक साइमन्स इन्स्टिच्युटको योगदान उच्च रहेको बताएका छन् ।

बुधबार काठमाडौँमा निक साइमन्स् इन्टिच्युटले आयोजना गरेको १२ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उद्घाटन तथा अवार्ड बितरण कार्यक्रममा उपप्रधानमन्त्री यादवले सो कुरा बताएका हुन् ।

उनले अहिले पनि कतिपय ग्रामीण क्षेत्रका जनता गुणस्तरीय स्वास्थ्य सेवाबाट बन्चित रहेको भन्दै तर निक साइमन्स इन्स्टिच्युटले यस्ता अभावको ठाउँको पहिचान गरी जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था मिलाई सेवा दिएको बताए । उनले सरकारको नीति सबैका लागि स्वास्थ्यमा समान पहुच पुर्‍याउने भए पनि व्यवहारमा लागू हुन नसकेको स्वीकार गरे ।

बुधबार काठमाडौँमा निक साइमन्स् इन्टिच्युटले आयोजना गरेको १२ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले राज्यले स्वास्थ्य क्षेत्रमा गर्नु पर्ने काम पर्याप्त हुन नसकेको बताए ।

उनले शहरी करणको दौडमा सबै लागेको तथा हरेक कुरा राजधानी केन्द्रीत भएको बेला दुर्गममा स्वास्थ्य सेवा पुर्‍याउने काममा निरन्तर सहयोग गरेकोमा निक साइमन्स् इन्टिच्युट प्रति आभार प्रकट गरे।

स्वास्थ्य सेवा तथा जनचेतना फैल्याउने कार्यमा लागेका स्वास्थ्यकर्मी (रियल हिरो) भएको बताउदै निस्वार्थ सेवाबाट पाउने सम्मान प्रेरणाको स्रोत हुने बताए।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले निक सामइन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रमा दिएको स्वास्थ्य सेवाको सराहाना गर्दै स्वास्थ्य पूर्वाधार, तालीम, जनतशक्ति, उपकरण लगायतका क्षेत्रमा गरेको सहयोगको प्रसंशा गरे । सचिव डा पोखरेलले ५ १० १५ बेडका आधारभूत अस्पतालहरु खुल्ने क्रम रहेको र त्यसमा पनि यो इन्स्टिच्युटको सहयोगको खाँचो रहेको बताए ।

कार्यक्रमको अध्यक्षता गरेकी स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगिता कौशल मिश्राले सरकारी स्वास्थ्य संस्थाको गुणस्तर अभिबृद्धिका लागि गैर सरकारी संस्थाहरुले कुन मोडलमा सहयोग गर्ने भन्ने सिक्नका लागि निक साइमन्स इन्स्टिच्युटको कार्यशैली उदाहरणीय भएको बताईन । उनले अहिलेसम्मको सहयोग र बाँकी सहकार्यका लागि स्वास्थ्य मन्त्रालाय निरन्तर सहकार्य र साझेदारी गर्न तत्पर रहेको बताईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *