यस बर्षको निक साइमन्स अवार्ड सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई

काठमाडौँ, ७ चैत । यस बर्षको निक साइमन्स अवार्ड अनमी कञ्चनमाला श्रेष्ठले प्राप्त गरेकी छन् । उनी नुवाकोटको राउतवेसी स्वास्थ्य चौकीमा सिनियर अनमीको रुपमा कार्यरत छिन् ।

निक साइमन इन्स्टिच्युट र राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको आयोजनामा काठमाडौंमा आज देखि सुरु भएको १२ औं ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उद्घाटन सत्रमा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले अनमी श्रेष्ठलाई सो अवार्ड प्रधान गरेका हुन् ।

मातृ शिशु कार्यकर्ताबाट स्वास्थ्य सेवामा प्रवेश गरेकी ५० वर्षीया श्रेष्ठ अहिले सिनियर अनमीको रुपमा सेवा दिदै आएकी छन् । उनी २०६९ साल देखि राउतवेसी स्वास्थ्य चौकीमा कार्यरत छिन् ।

अवार्ड छनौट समितिले यसपटक अवार्डका लागि ४४ जनाको आवेदन परेको र त्यसमध्ये अन्तिम पाँच जना छनौट गरिएको र श्रेष्ठ अवार्ड बिजेता बनेको जनाएको छ ।

आयोजकले श्रेष्ठसंगै प्रतिस्पर्धामा रहेका अरु चार जनालाई पनि सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा सराङडाँडा हेल्थपोष्ट पाँचथरका सीअहेव बाघ बहादुर रोकाया, डाँडापराजुल हेल्थ पोष्ट दैलेखकी सीअहेब डम्मर कुमारी शाही, बोहरागाँउ हेल्थपोष्ट बागुलङका सीअहेब कसिन्द्र शाही र कम्हरिया हेल्थपोष्टका रुपन्देहीका जनस्वास्थ्य निरीक्षक प्रदिप कुमार पण्डित रहेका छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *