एभरेष्ट प्यारेनट्रल्स र उपदेश हर्वलबाट उत्पादित केही औषधि न्यून गुणस्तरका

बिक्री बितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न विभागको निर्देशन

काठमाडौँ, ७ चैत । एभरेष्ट प्यारेनट्रल्स र उपदेश हर्वलबाट उत्पादित केही औषधि न्यून गुणस्तरको भएको पाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिका नमूना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा ती दुई कम्पनीका औषधिहरु न्यून गुणस्तरको भेटिएको हो ।

विभागका अनुसार एभरेष्ट प्यारेनट्रल्स प्रालिले उत्पादन गरेको व्याच नं एलसीएल १६५ को ल्यासेक्टोरेष्ट इरोपोर्ट (कम्पाउण्ड सोडिएम ल्यालेक्ट इन्जेक्सन आई पी) प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भेटिएको हो ।

यस्तै उपदेश हर्बल उद्योगले उत्पादन गरेको सी ०७९३६ ब्याचको ग्यास्ट्रिक निखार चुर्ण १०० ग्राम वालामा समस्या देखिएको हो ।

विभागले दुबै कम्पनीका यी औषधि तथा औषधिजन्य सामग्रीहरुको बिक्री बितरण तत्काल रोकी बजारबाट उठाउन कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *