विद्यालय तहका ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या

काठमाडौँ, ६ चैत । विद्यालय तहको स्वास्थ्य शिक्षा कार्यक्रममा नछुट्ने एउटा विषय हो ‘मुख तथा दन्त स्वास्थ्य’ । स्वास्थ्यका अरु विषय छाडेर भए पनि  शिक्षकहरुले अधिकांश विद्यालयमा साप्ताहिक रुपमा नै किन नहोस बालबालिकाहरुले दाँत माझेको छ कि छैन भनेर जाँच गर्ने गर्दछन् ।

तर, पछिल्लो पटक गरिएको एउटा सर्भेक्षणले झण्डै ७३ प्रतिशत स्कुले बालबालिकाहरुको दाँत किराले खाएको देखाएको छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले ९ जिल्लाको ७४ वटा विद्यालयका २४ हजार १५४ जना बालबालिकामा मुख तथा दन्त परीक्षणसहित सर्भेक्षण गर्दा यस्तो नतिजा आएको हो ।

‘हामीले पछिल्लो एक वर्षको अवधीमा काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित झापा, स्याङ्जा, काभ्रे, कैलाली, सिन्धुली र नुवाकोटका ५१ वटा निजी र २३ वटा सामुदायिक विद्यालयमा निशुल्क दन्त सम्पन्न गर्‍यौं ।  त्यसमा ६८ वटा त काठमडौँ उपत्यकाका विद्यालय थिए । बाहिरका जिल्लाका प्रतिनिधिमुलक भनेर एक एक वटा मात्रै लिएका थियौँ । तर बालबालिकामा दाँत किराले खाने समस्या विकराल देखियो,’ विश्व मुख स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।

उनले ग्रामिण क्षेत्र मात्रै नभई शहरी क्षेत्रका अभिभावकले समेत बालबालिकाहरुलाई मुख स्वास्थ्य राख्नेबारेमा राम्ररी सिकाउन नसकेको बताए ।

कार्यक्रममा डेन्टल डा. सुजिता श्रेष्ठले बालबालिकाको दाँतमा किराले खाने समस्या बढेको र बयस्कहरुमा दाँतमा किरासंगै गिजा सम्वन्धी समस्या बढी देखिएको बताईन । उनले दाँतको नियमित सफाई नगर्दा दन्त लेउ लाग्ने र कहिलेकाँही त्यसैबाट दाँतका समस्याहरुले अरु थप बिकराल रुप समेत लिन सक्ने भन्दै सचेत गराईन् । उनले मुख शरीरको दर्पण हो भन्दै मुख स्वास्थ्य रहँदा शरीर समेत स्वस्थ रहने बताईन । उनले मुख र शरीर स्वास्थ्यबीच अन्योन्यास्रित सम्वन्ध भएकोले यसपटक एफडीआई वर्ल्ड डेन्टल फेडरेसनले ‘ह्याप्पी माउथ इज अ ह्याप्पी बोडी’ भन्ने नारामा दिवस मनाउन लागेको बताइन ।

कार्यक्रममा अर्का डेन्टल डाक्टर सुनिता खनालले नेपालमा मुख तथा दन्त स्वास्थ्य सचेतना अझै नपुगेको बताईन् । उनले मुख तथा दन्त स्वास्थ्य समस्या नियन्त्रण गर्न सकिने समस्या भएको भन्दै यसमा व्यक्तिलाई सचेत गराउन जरुरी रहेको बताइन । उनले अहिले पनि थुप्रै बालबालिकाहरु तथा बयस्कहरुलाई दाँत माझ्ने, कस्तो मञ्जन प्रयोग गर्ने ? आदिका विषयमा राम्रो ज्ञान भएको नदेखिएको बताइन ।

यसैबीच केडीसीले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बुधबार सचेतनामुलक प्रभातफेरीको अयोजना गर्ने बताएको छ । केडीसीका अध्यक्ष डा श्रेष्ठले विहान ८ बजे देखि बसुन्धरा, महाराजगञ्ज, चक्रपथ, बाँसबारी हुँदै बसुन्धरा पुगेर सचेतनामुलक प्रभातफेरी समापन हुने बताए । उनले दिउसो कलेजमा मुख तथा दन्त स्वास्थ्य सम्वन्धी चित्रकला तथा निबन्ध प्रतियोगिता समेत हुने जानकारी दिए ।

यस्तै अस्पतालमा बुधबार देखि शुक्रबारसम्म तीन दिन निशुल्क मुख तथा दन्त परीक्षण कार्यक्रम राखिएको समेत डा श्रेष्ठले जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *