‘तीन वटा रोगको समस्यामा छु’ भनेपछि न्यायिक हिरासतमा रहेका महरालाई अस्पतालमा बस्ने सुविधा

नर्भिक अस्पतालमा भए भर्ना

काठमाडौँ, ५ चैत । जिल्ला अदालत काठमाडौँले सुन तस्करीको आरोप लागेका एकीकृत नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई चार दिन न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।

तर, संगसंगै अदालतले महरा अस्वस्थ भएको भन्दै उपचारको व्यवस्था मिलाउन समेत भनेको छ ।

आरोपी महरा स्वयंले आफूलाई तीन वटा रोगको समस्या रहेको भनेपछि उपचारको व्यवस्था मिलाउन भनिएको अदालतले स्पष्ट पारेको छ ।

अदालतमा महराले आफू क्षयरोग, युरिकएसिड र प्रोस्टेटको बिरामी भएको उल्लेख गरेका थिए ।

यसैबीच अदालतको आदेश बमोजिम प्रहरीले महरालाई नर्भिक अस्पतालमा भर्ना गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीले महरालाई जिल्ला अदालत काठमाडौँको आदेश बमोजिम नर्भिक अस्पताल भर्ना गरिएको बताए ।

नेपाल प्रहरीले महरालाई आज कपिलवस्तुबाट पक्राउ गरि ल्याएको हो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *