मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहले लिए शपथ

काठमाडौँ, ५ चैत । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्त उपकुलपति प्राडा अंकुर साहले शपथ लिएका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राडा अंकुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सो अवसरमा मुख्यमन्त्री यादवले नव नियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्राडा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *