गण्डकी प्रदेशको स्वास्थ्यमन्त्रीमा महेन्द्रध्वज जिसी नियुक्त

284
Shares

काठमाडौँ, ५ चैत । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा महेन्द्रध्वज जिसी नियुक्त भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिक्त रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी महेन्द्रध्वज जिसीलाई दिइएका हुन् । यसअघि जिसीले कृषि तथा भूमिब्यवस्था मन्त्रीको जिम्मेवारी पाएका थिए ।

त्यसैगरी स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दुवै मन्त्रालयमा यसअघि माओवादीका मन्त्रीले नेतृत्व गरेका थिए । केन्द्रीय समिकरण फेरिएपछि दुवै मन्त्रीलाई मुख्यमन्त्री पाण्डेले बर्खास्त गरेका थिए । लगत्तै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । चैत २१ भित्र मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *