ललितपुरका प्रहरी र थुनुवाको नियमित रुपमा नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै स्टार अस्पताल

परीक्षणका क्रममा थप उपचार गर्न अस्पताल जानु परेमा विशेष सहुलियत दिईने

ललितपुर, ४ चैत । सानेपास्थित स्टार अस्पतालले जिल्ला प्रहरी परिसर ललितपुर त्यसमातहतमा रहेका कार्यालयका प्रहरी कर्मचारी र त्यस अन्तरगर्तका न्यायिक हिरासतमा रहेका थुनुवाको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

अस्पतालले महिनाको दुई दिन परिसरमा गएर उनीहरुको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको हो । यस्तै थप परीक्षण तथा उपचार गर्नु पर्ने बिरामीका लागि अस्पतालले विशेष छुटको व्यवस्था गर्ने समेत सम्झौँता गरेको छ ।

निशुल्क स्वास्थ्य परीक्षण तथा उपचारमा छुट सुविधा सम्वन्धी व्यवस्था कार्यान्वयन गर्न शनिबार स्टार अस्पताल र जिल्ला प्रहरी परिसर ललितपुरबीच सम्झौता भएको छ ।

सो सम्झौँतामा स्टार अस्पतालले महिनामा दुई पटक (पहिलो र तेस्रो हप्ताको शनिबार) प्रहरी परिसरमै पुगेर थुनुवा र प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने छ ।

स्वास्थ्य परीक्षणबाट थप उपचार आवश्यक परेका प्रहरी तथा थुनुवाको उपचार सेवामा पनि स्टार अस्पतालले विशेष छुटको व्यवस्था गर्नेछ ।

जसमा स्टारले थुनुवा तथा प्रहरीका लागि बेड चार्ज, ल्याब टेष्ट, रेडियोलोजी र अन्य सेवामा २५ प्रतिशत छुट दिनेछ भने शल्यक्रिया शुल्कमा १५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिनेछ ।

एक वर्षसम्म लागु हुने उक्त सम्झौतामा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल र स्टार अस्पताल लिमिटेडका अध्यक्ष किशोर महर्जनले हस्ताक्षर गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *