न्युट्रास्युटिकल्स प्रडक्ट बिक्री र भण्डारण नगर्न संघको ध्यानाकर्षण

काठमाडौँ, ४ चैत । नेपाल औषधि व्यवसायी संघ काठमाडौँ जिल्ला शाखाले खाद्यपुरक आहारको रुपमा परिचित न्युट्रास्युटीकल्सहरुको भण्डारण तथा बिक्री बितरण नगर्न आफ्ना सदस्यहरुलाई निर्देशन दिएको छ ।

संघका महासचिव शुभमान श्रेष्ठले आज विज्ञप्ती जारी गर्दै न्युट्रास्युटिकल्सको विषयमा औषधि व्यवस्था विभागले समेत पटक पटक सूचना जारी गरिरहेको र यसको बिक्री बितरणको विषयमा विभागसंग छलफल भइरहेको तर निकास ननिस्किएको भन्दै टुंगोमा नपुग्दासम्म विभागको सूचना बमोजिम यसको विक्री र भण्डारण नगर्न आग्रह गरेका छन् ।

पछिल्लो समय विभागले आफूकहाँ दर्ता भएका बाहेक औषधिपुरक न्युट्रास्यिुटिकल्सहरु विक्री बितरण नगर्न औषधि व्यवसायी, फार्मेसी सञ्चालकहरुलाई आग्रह गर्दै आएको छ ।

सोही आग्रह बमोजिम सरकारी अस्पतालहरुले आफ्ना फार्मेसीमा न्युट्रास्यिुटिकल्स प्रडक्ट नराख्न सञ्चालकहरुलाई तथा बिरामीहरुलाई यस्ता प्रडक्ट प्रेस्काइब नगर्न चिकित्सकहरुलाई समेत निर्देशन दिएको छ ।

व्यवसायीहरुको काठमाडाँै जिल्ला शाखाहरुले अहिले विभागको अनुगमन टोलीले पनि विभिन्न ठाउँबाट यस्ता प्रडक्ट जफत गरिरहेको र यसले व्यवसायीहरुलाई आर्थिक भार तथा नैतिक संकट समेत उत्पन्न गराएको भन्दै बिक्री र भण्डारण नगर्न भनेको हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *