देशभर ८५ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

24
Shares

काठमाडौँ, ४ चैत । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ८५ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये अहिलेसम्म करिब ४८ लाख ८१ हजार ५४४ ले खोप लगाएका हुन् ।

देशभरका बालबालिकामध्ये ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदैछ ।

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले देशव्यापीरुपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान गत फाल्गुन १३ देखि सुरु गर्दै आएको छ । खोप अभियान चैत्र ७ गतेसम्म जारी रहने छ ।

सरकारले सन् २०२३ सम्म दादुरा-रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको छ ।

दादुरा–रुवेला सवभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *