राष्ट्रिय योजना आयोगको सदस्यबाट डा. आरपी बिच्छा बाहिरिए

काठमाडौँ, २ चैत । राष्ट्रिय योजना आयोगको सदस्यबाट डा. आरपी बिच्छा बाहिरिएका छन् ।

पछिल्लो समय राजनीतिक पार्टीबीचको सत्ता समिकरण फेरिएपछि ११ महिना अघि आयोगको सदस्य बनेका बालरोग विशेषज्ञ डा. बिच्छा सहित डा. प्रभु बुढाथोकी, डा. अनिता शाह ढुङ्गाना र डा. जयकान्त राउत बाहिरिएका हुन् ।

उनीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजिनामा बुझाएका हुन् । प्रधानमन्त्री दाहालले उनीहरुको राजिनामा स्विकृत गरेका छन् ।

यसअघि डा.  बिच्छासहित चार जनालाई  गत ४ बैशाखको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो ।

त्यसो त डा. बिच्छा यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारको रुपमा काम गरेका थिए । उनले त्यसबेला विज्ञ सल्लाहकारको रुपमा १७ महिना बिताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *